September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

सांसदको हस्ताक्षर लिएर सर्वोच्च अदालत जान्छौँ : प्रचण्ड

सांसदको हस्ताक्षर लिएर सर्वोच्च अदालत जान्छौँ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बहुमत सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालत जाने बताएका छन् । सर्वदलीय बैठकपछि प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री नियुक्तका लागि दिएको हस्ताक्षरसहित अदालत जाने बताएका हुन। उनले भने, “हामी फेरी अदालत जान्छौ। हिजो संसदभित्रै अर्को विकल्प भएको प्रमाणित भएजस्तै फेरि पनि प्रतिवाद गर्छौं। अदालतले फेरि लोकतन्त्र र संविधानको पक्षमा र निरंकुशताको विपक्षमा निर्णय गर्ने अपेक्षा छ।”

शनिबार बानेश्वरमा बसेको ५ दलको बैठकले १४९ जना सांसदसहित नेताहरु सर्वोच्च जाने निर्णय गरेको हो । त्यसका लागि विपक्षी दलले आफ्ना सांसदहरुलाई नागरिकतासहित आइतबार १ बजे संसद भवनमा बोलाएका छन् । बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक तरिकाले षडयन्त्रपूर्वक संसद विघटन गरेकाले यसको सबै किसिमबाट प्रतिवाद गरिने जानकारी दिए । 

Advertisement