September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

माधव नेपाल सहित ११ जना संसदलाई एमालेले सोध्ये स्पष्टिकरण

माधव नेपाल सहित ११ जना संसदलाई एमालेले  सोध्ये स्पष्टिकरण

८ जेठ, काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सरकार बनाउने क्रममा प्रतिपक्ष दल नेपाली काग्रेसलाई समर्थन गरेका प्रमुख भूमिका खेल्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले पार्टी अध्यक्षलाई प्रधानमत्रीबाट हटाउन र विपक्षी दललाई सरकारमा पु¥याउन हस्ताक्षर गरेका सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको नेता प्रदिप ज्ञवालीले बताए ।


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी पेश गर्दा एमालेको माधवकुमार नेपाल समूहका २६ सांसदको हस्ताक्षर पेश गरेका थिए । स्पष्टीकरण सोधिएकामा माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई पर्सि विहानसम्म स्पष्टीकरण बुझाउन भनिएको छ ।

Advertisement