February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

माधव नेपाल पक्ष नयाँ पाटी खोल्दै

माधव नेपाल पक्ष नयाँ पाटी खोल्दै

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि नेकपा (एमाले) भित्रको विवाद फेरि चर्किएको छ ।

माधव नेपाल समूहले संसद् विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ ।

यी घटनाक्रमसँगै पार्टी पुन: लगभग विभाजनको अवस्थामा पुगेको छ । वरिष्ठ नेता नेपालले अर्को पार्टी खोल्ने निर्णयमा पुगेको बताएका छन् । उनले भनेका छन्,’केपी शर्मा ओलीले धकेलेर त्यतै पुर्‍याउँदै हुनुहुन्छ । अर्को पार्टी खोल्न बाध्य पार्दै हुनुहुन्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

Advertisement