January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

कांग्रेससहित ५ दल आज सर्वोच्च अदालतमा मुद्दा हाल्न जाँदै

कांग्रेससहित ५ दल आज सर्वोच्च अदालतमा मुद्दा हाल्न जाँदै


संसद् विघटनविरुद्ध नेपाली कांग्रेससहित ५ दलले आज सर्वोच्च अदालतमा मुद्दा हाल्न जाने तयारी गरेका छन् । नेपाली काग्रेसका नेता प्रदिप पौडेलका अनुसार अनुसार प्रतिनिधि सभा भंगविरुद्ध रिट दर्ता गर्न अदालत जाने अन्तिम तयारी भएको हो । हिजै अदालत जाने तयारी गरेका ५ दलले आफ्ना पक्षका १ सय ४९ जना सांसदको नागरिकतासमेत लिएर जाने निर्णय गरेकाले त्यो संकलन गर्न समय लागेपछि मुद्दा हाल्ने समय आजलाई तय भएको हो ।


आज दर्ता गर्न लागिएको रिटमा प्रतिनिधि सभा पुनःस्थापनासँगै कांग्रेस सभापति देउवाले गरेको दाबी सदर गर्दै प्रधानमन्त्रीमा नियुक्त गर्न पनि माग गरिने नेताहरूले बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानअनुसार यही जेठ ७ गते १ सय ४९ सांसदको हस्ताक्षर लिएर गएका कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिको कार्यालय पुगेर प्रधानमन्त्री पदको दाबी पेस गरेका थिए । तर राष्ट्रपति भण्डारीले दाबी नपुगेको भन्दै उनको निवदेन खारेज गरेर संसदै विघटन गरेपछि विपक्षी ५ दलले कानुनी लडाइँ सुरु गरेका हुन् ।

Advertisement