September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

एमाले स्थायी कमिटी बैठक बस्दै, रिटमा हस्ताक्षर गर्ने सांसद्लाई कारबाहीको तयारी

एमाले स्थायी कमिटी बैठक बस्दै, रिटमा हस्ताक्षर गर्ने सांसद्लाई कारबाहीको तयारी

जेठ १०, काठमाडौं ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेका लागि स्थायी कमिटीको बैठक बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । बैठकले यसअघि स्पष्टीकरण सोधिएका नेतामाथि हुने कारबाहीको विषयमा निर्णय गर्ने बताइएको छ ।

बैठकमा चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धनको कसरत र पार्टीको आन्तरिक विवादबारे समेत छलफल हुने बताइएको छ । यसअघि ८ जेठमा बसेको स्थायी कमिटी बैठकले माधव नेपाल पक्षका ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

यसअघिको बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई सोमबार बिहानसम्म स्पष्टीकरण बुझाउन भनिएको थियो ।

Advertisement