January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

सीसीएमसीको प्रमुखमा बालानन्द शर्मा नियुक्त

सीसीएमसीको प्रमुखमा बालानन्द शर्मा नियुक्त

जेठ ११, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको स्रोतले पुष्टि गरेको छ । केही अगाडि उपप्रधानमन्त्री ईश्वर पोखरेललाई सो जिम्मेवारीबाट अलग गरेर प्रधानमन्त्री केपी शर्मा ओली आफैंले निर्देशक समितिको नेतृत्व गर्दै आएका थिए । पोखरेलसँग जोडिएर धेरै विवादित घटना बाहिर आएपछि प्रधानमन्त्री ओली आफैले सो पदको जिम्मेवारी लिएकामा सो जिम्मोवारी पूर्वरथी बालानन्द शर्मालाई दिइएको हो ।


पूर्वरथी शर्माले नेपाली सेना र माओवादी सेनाको समायोजन गर्न बनेको विशेष समितिको संयोजक समेत भएर काम गरिसकेका छन् ।
अब शर्माले सीसीएमसीको प्रमुखका साथै प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको सदस्य सचिवको जिम्मेवारी समेत समाल्ने छन् ।
निर्देशक समितिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृह, सामान्य प्रशासन तथा संघीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, अर्थ, कृषि, परराष्ट्र, ऊर्जा र पर्यटन मन्त्री सदस्य हुने प्रवधान रहेको छ ।

Advertisement