March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

पद गुमाएका ७ पूर्वमन्त्री क्वाटरमै बितासितामा रमाउँदै

पद गुमाएका ७ पूर्वमन्त्री क्वाटरमै बितासितामा रमाउँदै


काठमाण्डौ – सर्वोच्च अदालतको आदेशपछि ७ पूर्व माओवादी पृष्ठभुमिका मन्त्रीहरुले मन्त्री पद गुमाए । रित्त भएका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैले समाल्दै आएका छन् । मन्त्रीपद गुमाउँदा पनि ७ जना मन्त्रीले हालसम्म मन्त्री क्वाटर छाडेका छैनन् । उनीहरु पुनः मन्त्रीपद पाउने आशामा क्याटर नछोडेका हुन् ।

Advertisement


पदमुक्त भएका मन्त्रीहरुले सरकारले उपलब्ध गराएको मन्त्री क्वाटर खाली गरिसक्नुपर्ने हो । तर, अहिलेसम्म कुनै पनि मन्त्रीले क्वाटर छोडेका छैनन् । पुल्चोकस्थित मन्त्री क्वाटरको व्यवस्थापन हेर्ने जिम्मा लिएको शहरी विकास मन्त्रालयका एक उच्च अधिकारीका अनुसार बर्खास्तिमा परेका ७ जना मध्ये कसैले पनि मन्त्री क्वाटर नछाडेको बताए । उनका अनुसार ती मन्त्रीले पुरानै हैसियतमा क्वाटरमा विलासिताको दिन बिताई रहेका छन् । एकातिर कुनैपनि जिम्मेवारीको काम गर्नु नपर्ने अर्कोतीर मन्त्री क्वाटरमै भोगविलासको जीबन विताउन पाउँदा ति मन्त्रीलाई हाईसन्चो भएको छ ।

Advertisement


सामान्यतया संसद विघटन भैसकेपछि गैरसांसद पनि मन्त्री बन्न पाउने हुनाले बर्खास्तीमा परेका मन्त्रीहरु पुनः मन्त्री बन्ने लालसामा मन्त्री क्वाटर नछाडेका हुन् । सर्वोच्च अदालतले गृहमन्त्री राम बहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी, दावा लामा र मणि थापालाई बर्खास्त गरेको थियो ।


मन्त्री पदबाट बर्खास्त भएका पूर्वमन्त्री दावा लामा र गौरीशंकर चौधरीले क्वाटर नछोडेपनी आफ्नै निवासमा बस्न थालेका छन् भने अन्य पाँच जना नयाँ मन्त्री बन्ने होडमा रहेकाले मन्त्री क्वाटर नछोडेका हुन् ।