April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

किन भेट्दै छन् मध्यराती प्रधानन्याधिसलाई प्रधानमन्त्री ओली ?

किन भेट्दै छन् मध्यराती प्रधानन्याधिसलाई प्रधानमन्त्री ओली ?

जेठ ७ गते शुक्रवार मध्यरात गरिएको प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावलाई असँवैधानिक ठह¥याउने मागसहित हिजो दायर गरिएका सबै रिटलाई आज धमाधम कम्प्युटरमा इन्ट्री गरिदै छ । भोलि बुधवार बुध्दजयन्तीका कारण अदालत बन्द रहने छ, बिहिवार संवैधानिक इजलाश नबस्ने हुँदा १४६ सांसदले पेश गरेको रिटको पहिलो पेशी शुक्रवार मात्र तोकिने सर्वाेच्चको कार्यसूचिमा छ ।

Advertisement


उनीहरुले संसद विघटन खारेज हुनुपर्ने, बहुमत सांसदले हस्ताक्षर गरेको हुनाले संविधानको धारा ७६(५) अनुसार काँग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागि परमादेश गर्नुपर्ने जस्ता माग राखेर रिट दायर गरेका छन् ।

Advertisement


सोही दिन मध्यराति प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा प्रधानमन्त्री निवास वालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेको खबर सार्वजनिक भएको छ । प्रधानमन्त्री बिरुद्ध मुद्धा परेकै दिन प्रधानमन्त्री र प्रधानन्यायधीशको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीले पठाएको गाडी चढेर प्रधानन्यायधीश तीन नं गेट हुँदै छिरेको र सोही गेटबाट ११ बजे बाहिरिएका थिए ।


यसैबीच पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले यो भेटप्रति टिप्पणी गर्दै लोकतन्त्रका लागि शुभसंकेत नभएको र खिलराज रेग्मीको जस्तो घटना नजिर बन्न नसक्ने बताएका छन् ।


सर्वाेच्चमा यससम्बन्धी २८ वटा रिट परेका छन् । ४ वटा प्रधानमन्त्री ओलीको बचाउमा छन् भने बाँकी २४ वटामा राष्ट्रपति र प्रधानमन्त्रीको कदम गलत भएकोले सच्याउन माग गरिएको छ ।