March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

कांग्रेसले बोलायो पदाधिकारी बैठक

कांग्रेसले बोलायो पदाधिकारी बैठक

जेठ ११, काठमाडौं ।

नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि बोलाइएको छ। बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर निवासमा भोलि ९ बजे पदाधिकारी बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले देखापढीलाई बताए।

बैठकमा सर्वोच्च अदालतमा रिट दायर गरिसकेपछिको अवस्थाबारे छलफल हुने उनले बताए। संविधानको ७६(५) अनुसार देउवालाई प्रधानमन्त्री बनाउन आदेश माग गर्दै विपक्षी गठबन्धनले रिट दायर गरेको थियो।

Advertisement