January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

प्रधानमन्त्रीलाई एक वर्ष जेल सजायको माग गर्दै सर्वोच्चमा रिट दायर

प्रधानमन्त्रीलाई एक वर्ष जेल सजायको माग गर्दै सर्वोच्चमा रिट दायर

जेठ ११, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दीनेश त्रिपाठीले पुनःस्थापित प्रतिनिधिसभा विघटन गरेको भन्दै कारबाहीको माग गर्दै रिट दायर गरेका छन् । वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रधानमन्त्री ओलीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराई न्याय प्रशासन ऐन २०७३ को दफा १७ (४) बमोजिम हदैसम्म सजाय माग गरेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले अदालतले गरेको प्रतिनिधिसभा पुनर्बहालीलाई जसरी पनि असफल बनाउने बदनियत राखेको, विश्वासको मतमा पराजित भए पनि प्रतिशोध एवं बदनियतपूर्ण तरिकाले संसद विघटन गरेको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले जिकिर गरेका छन् । अदालतको अवहेलनामा एक वर्ष कैद र १० हजार रुपैयाँसम्म सजायको व्यवस्था रहेको छ

Advertisement