April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

प्रतिनिधि सभा विघटनविरुद्धका १९ रिट निवेदन माथि प्रारम्भिक सुनुवाइ हुँदै

प्रतिनिधि सभा विघटनविरुद्धका १९ रिट निवेदन माथि प्रारम्भिक सुनुवाइ हुँदै


काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमध्ये केहीको १९ रिटको आज प्रारम्भिक सुनुवाइ गरिने भएको छ । आन्तरिम आदेश माग गर्दै परेका १९ रिट एकै प्रकृतिका भएकाले सबैलाई एकै ठाँउ राखेर आजदेखि सुनुवाइ गर्न लागिएको सर्वोच्च अदालतले जनाएको छ ।

Advertisement


साधारण इजलासबाट सुनुवाइ गर्नुपर्ने माग गरिएका रिट निवेदकको आज सुनुवाइ हुने भएको हो । प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका रिट निबेदनमध्ये केहीको संबैधानिक इजलासबाट सुनुवाइ हुनुपर्ने माग गरिएको छ भने केहीको साधारण इजलासबाट प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरेकामा साधारण इजलासबाट अगाडि बढने प्रकृयाका निवेदन माथिको सुनवाइ आजबाट हुने भएको हो । सर्बोच्चका अनुसार यस्तो निवेदन झण्डै एक दर्जन रहेका छन् ।

Advertisement


यसका अलावा झण्डै चार थान रिट निवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संबिधानको धारा ७६ को उपधारा ५ बमोजिको प्रधानमन्त्रीको नियुक्त गर्नुपर्ने माग गर्दै सर्वोच्चमा दायर भएका छन् । ती रिट निवेदनको पनि आजै पेशी तोकिने जनाइएको छ । प्रधानमन्त्रीले ओलीले गरेको सिफारिस बमोजिम केही दिन अघि राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो ।


प्रतिनिधि सभा विघटनविरुद्ध र ओलीलाई नै धारा ७६ को ५ बमोजिम प्रधानमन्त्री नियुक्त गर्न माग सहित सर्वोच्चमा २८ वटा रिट निवेदन दायर भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक गत शुक्रबार राति संसद् भंगविरुद्ध गरेपछि सर्वाेच्च अदालतमा ३० रिट दर्ता भएका छन् । तीमध्ये १९ रिटको सुनुवाइ आज बस्ने नियमित इजलासमा सुरु हुने भएको हो । बाँकी ११ रिटको सुनुवाइ भने भोलि शुक्रबार बस्ने नियमित संवैधानिक इजलासमा सुरु हुनेछ । ३० रिटमध्ये ४ वटा भने प्रधानमन्त्री ओलीकै पक्षबाट दर्ता गरिएका छन् ।