August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

सुदूरपश्चिममा कांग्रेस तटस्थ बस्ने, विस्वासको मत नपाए मात्र भूमिका निर्वाह गर्ने

सुदूरपश्चिममा कांग्रेस तटस्थ बस्ने, विस्वासको मत नपाए मात्र भूमिका निर्वाह गर्ने

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट विरुद्ध नेपाली काग्रेसले ‘नो भोट’ को रणनीति लिएको कांग्रेस सचेतक टेकबहादुर रैकाले बताए छ । भट्टले प्रदेशसभामा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावबारे प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले तटस्थ भूमिका निर्वाह गर्ने भएको हो । मंगलवार बिहान बसेको संसदीय दलको बैठकले प्रदेश सरकारले विश्वासको मत नपाउने अवस्थामा मात्र सरकारको निरन्तरताका लागि आफूहरुले भूमिका निर्वाह गर्ने भएको छ ।
सत्ता साझेदार दल नेकपा एमालेको संसदीय दलले नै सरकारको पक्षमा विश्वासको मत दिने निर्णय लिइसकेको र सरकारले प्रदेशसभामा बहुमत हासिल गर्ने प्रस्ट देखिएको अवस्थामा आफूहरुले तटस्थ रहने निर्णय गरेको उनको भनाइ छ ।