August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

महाधिवेशनबारे निर्णय लिन देउवाले बोलाए बैठक

महाधिवेशनबारे निर्णय लिन देउवाले बोलाए बैठक

जेठ २८, काठमाडौं ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको छ । सभापति देउवाले  शनिबार दिउँसो २ बजेका लागि  बूढानीलकण्ठमा बैठक बोलाएका हुन् । पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको
एक नेताले जानकारी दिए ।

काँग्रेसले भदौ ७–१० का लागि १४ औं महाधिवेशनको मिति तोकेको भएपनि अहिलेसम्म कार्यतालिकाअनुसार काम भएको छैन । असार ५ गतेबाट वडा तहको अधिवेशन गर्ने कार्यतालिका भएपनि क्रियाशील सदस्यताकै विषय अन्तिम टुंगोमा पुग्न सकेको छैन । बैठकमा कोरोना महामारी र राष्ट्रिय राजनीतिबाट उत्पन्न प्रतिकूलताका बावजुद महाधिवेशन गर्ने विकल्पको खोजी हुने छ ।