August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि विपक्षी गठबन्धनले आजै दाबी पेस गर्ने

गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि विपक्षी गठबन्धनले आजै दाबी पेस गर्ने

गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि विपक्षी गठबन्धनले आजै दाबी पेस गर्ने भएका छन् । प्रमुख सीताकुमारी पौडेलद्वारा २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेपछि पाँच प्रतिपक्ष दलले आजै मुख्य मन्त्रीको छनौट गर्ने भएका हुन् । काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीको रुपमा प्रस्तावित गरेको छ भने अन्य प्रतिपक्षले नेपालीलाई समर्थन गर्ने भएका छन् ।

नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा सम्मिलित गठबन्धनका बहुमत सांसदले शुक्रबार अपरान्ह ५ बजेपछि प्रदेश प्रमुखको कार्यालय जाने र दाबी बुझाउने भएको हो । मन्त्रालय भागबण्डा देखि केन्द्रका समिकरण समेत मिलेका कारणले गर्दा आजै मुख्यमन्त्रीको दाबी पेश गरिने भएको हो ।

मुख्यमन्त्रीको दाबीको लागि अहिले गठबन्धनका सांसदहरु भेला हुने क्रम सुरु भएको छ । काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद दिपक दीपक मनाङे गरी कुल ३१ सांसद हस्ताक्षरसहित दाबी पेस गरिँदैछ ।

 

आज दिउँसो मात्र प्रदेश प्रमुख पौडेलले २४ घण्टाभित्र समयसीमा दिए संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी थिइन् । उपधारा ५ मा कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।