April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

आन्तरिक विबादमा फसेको काग्रेसको आजको बैठक पनि स्थगित

आन्तरिक विबादमा फसेको  काग्रेसको आजको बैठक पनि स्थगित

काठमाडौँ, १० पुस ।
आन्तरिक विबादमा डुबेको नेपाली काग्रेसको आजको बैंठक पनि स्थगित भएको छ । विवादित विषयमा संस्थापन र इतरपक्षबीच सहमति हुन नसकेपछि बैठक चौथो पटक स्थगित भएको हो ।
विभाग गठन, नेविसंघ लगायतमा भागवण्डा नमिल्दा आन्तरिक किचलोमै फसिरहेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजपनि स्थगित भएको छ । गत मंसिर २६ गतेबाट सुरु बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्तुत गर्नुभएको ९ वटा एजेण्डाका अधिकांश बुँदामा असहमति जनाउँदै संस्थापन इतरपक्षले बैठक बहिस्कार गर्दै आएको छ ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा अपरान्ह १ वजेका लागि बोलाईएको बैठक आन्तरिक गृहकार्य नपुगेको भन्दै भोली सम्मकालागि स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सभापति देउवाले आफुखुशी विभाग गठन, भातृ संस्थाको नेतृत्व लिन खोजेको भन्दै इतरपक्षले महाधिवेशन कार्ययोजना माग गर्दै आएको छ । केही विषयमा सहमति नजिक पुगेपनि विभाग गठन, नेविसंघको भागवण्डा लगायतका विषयमा कुरा मिल्न सकोको छैंन् ।
पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका नल्याएको, सहमतिबिना विभागका संख्या २८ बाट बढाएर ४१ पु¥याउने प्रस्ताव बैठकमा पेस गरेको, भ्रातृ संस्था नेपाल विद्यार्थी संघ र तरुण दलमा देखिएको विवाद समाधानको ठोस प्रस्ताव नल्याएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असहमति राख्दै आएको छ । पौडेल समहु पाटि सुदृणिकरण भन्दा पनि सस्थापन पक्षलाई कसरी अफ्टेरो पार्न सकिन्छ भन्ने दाउमा देखिएको छ । संस्थापन पक्षले भने पार्टीमा जारी आन्तरिक विवाद समाधानकालागि महामन्त्रीको संख्या बढाउने प्रस्ताव गरेको छ । उता तेस्रो पक्ष कृष्णप्रसाद सिटौला भने यतिखेर तथस्ट देखिएका छन् । अधिल्लो साता दुई पक्ष बिवाद मिलाउँन गृह जिल्ला झापाबाट काठमाडौ आएका सिटौला दुबै पक्षले आ–आफ्नै ढिपी नछाडेपछि फेरी झापा नै फर्किएका छन् । उनले आफूले बंशबाद जसरी भागबण्डा नखोज्ने, तर बिबाद बढ्दैर पाटी नै कमजोर हुँदा आफू चुप लागेर नबस्ने जानकारी सभापति देउवालाई दिएर झापा हानिएका हुन् । नेविसंघको भागवण्डा समिकरणमा सिटौला पक्ष दुबै पक्ष भन्दा मजबुद भएकाले पनि यो समुह पर्ख र हेरको अवस्थामा छ ।

Advertisement