September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

पुष्पकमल दाहाल र माधवकुमार नेपालबीच कोटेश्वरमा भेटवार्ता

पुष्पकमल दाहाल र माधवकुमार नेपालबीच कोटेश्वरमा भेटवार्ता

असार २२, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज नेता नेपाललाई भेट्न प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका हुन् ।दुई नेताबीच करिव ४५ मिनेट भेटवार्ता भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

Advertisement

नेकपा एमालेभित्रको विवाद समाधानका लागि कार्यदलको बैठक बसिरहेका बेला प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । पार्टी विवाद समाधानका लागि एमालेभित्र प्रयास भइरहेका बेला प्रचण्ड नेपालबीचको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।