October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

अन्तरकलह मिलाउन गठित एमाले कार्यदलको बैठक सुरु

अन्तरकलह मिलाउन गठित एमाले कार्यदलको बैठक सुरु

असार २७, काठमाडौं ।
पार्टी भित्रको अन्तरकलहको समाधान खोज्न क्रियाशिल नेकाप एमालेको कार्यदलको छलफल सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसिरहेको बैठकमा यस अघि सहमतिको लागि भन्दै तयार परिएको बुदाँहरु लाई टुङ्गोमा पुर्योउन प्रयास गरिने एक नेताले जानकारी    दिए ।

यसअघि आफ्ना प्रमुख नेता माधवकुमार नेपाल भेट्न उनको निवास (कोटेश्वर) पुगेका कार्यदलका सदस्य आउनासाथ बैठक सुरु भएको हो। ओलीतर्फका कार्यदल सदस्यहरू भने पहिले बैठकस्थल पुगेर उनीहरूलाई पर्खिरहेका थिए।

हिजो शनिबार कार्यदलको बैठकपछि नेता सुवास नेम्वाङ तथा नेपाल पक्षका नेताहरू घनश्याम भुसाल, गोकर्ण विष्टहरूले आज एकताको ‘सुखद खबर’ सुनाइने दाबी गरेका थिए। कार्यदलका अधिकासं सदस्य समस्या समाधानका लागि सहमत भएपनि नेपाल पक्षका एक नेताले मात्र नयाँ नयाँ प्रस्ताब राख्दा समस्या सल्टिन नसकेको  ति नेताले बताए । अर्को कुनै अडचन् नआए आज सहमति हुने र आजै स्थायी समितिको बैठक पनि बोलाउने तयारी रहेको पनि उनले जानकारी  दिए ।

Advertisement