March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

साउन ३, काठमाडौं ।

Advertisement

नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णण गरेको छ । आइतबार सिहंदरबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो।

Advertisement

बैठकको निर्णयपछि माओवादी केन्द्रका नेता मातृका यादवले देउवाको पक्षमा विश्वासको मत दिने निर्णय भएको जानकारी दिए ।

यादवले देउवाले विश्वसको मत पाउने विषयमा कुनै शंका नरहेको भन्दै एमाले नेता माधवकुमार नेपाल समुहका ४० जना सांसदले देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने दाबी समेत गरेका छन् ।

अहिले सरकारमा सहभागी हुने मन्त्रीका बारेमा छलफल नभएको भन्दै उनले एमाले नेता नेपाल समुह सरकारमा सहभागी हुने अबस्थामा उनीहरूलाई धेरै सहयोग गर्नुपर्ने आवश्यकता रहेको समेत बताएका छन् ।