September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, नेपाल समूह नजाने

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, नेपाल समूह नजाने

साउन ४, काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठकआज बस्दैछ। बिहान ११ बजे च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बैठक बस्न लागेको हो । आन्तरिक विवाद चुलिएको र विवाद समाधान कार्यदलले तयार पारेको सहमतिको प्रस्ताव नै सर्वस्वीकार्य नभएका बेला अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका हुन्।

Advertisement

तर,वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने आजको बैठकमा नजाने बताएको छ।यसअतिरिक्त स्थायी कमिटी बैठकको निर्देशन अवज्ञा गर्दै आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा मत नहालेका ३२ सांसदलाई के गर्ने भन्नेबारे  आजको बैठकमा छलफल हुने एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।उ

यसबारे तामाङले भने, ‘पार्टी पद्धति, पार्टी विधान र पार्टीको अनुशासन उल्लङ्घनसँग जोडेर कारबाही गर्छौँ ।’ विश्वासको मत दिएकै कुरालाई कारबाहीको विषय बनाउन नपाइने सर्वोच्च अदालतको फैसला रहेका पार्टीको अनुशासन कारबाही गरिने उनको भनाइ छ । उनले भने, ‘उहाँले विश्वासको मत दिनु नै हुने थियो । त्यो चर्चाको विषय भएन । तर पार्टीमा हुर्किँदै गएको अराजकता रोक्ने विषयमा छलफल हुन्छ ।’

आइतबार प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बेला गोकर्ण बिष्टसहित नेपालनिकट १० सांसद संसद भवनबाट बाहिरिएका थिए।