March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

नेपाल पक्षका सांसदले अध्यक्ष ओलीलाई स्पष्टीकरण नदिने

साउन ५, काठमाडौं ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरुले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ । सोमबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

त्यसपछि बसेको माधव समूहको सांसदहरुको बैठकले स्पष्टीकरणको जवाफ नदिने निर्णय गरेको हो । सो समूहले स्पष्टीकरणको जवाफ दिन जरुरी नरहेको निष्कर्ष निकालेको छ । यता आजै ३ बजेपछि एमाले केन्द्रीय कमिटीको बैठक बस्दैछ । आजको बैठकमा नेपाल पक्षका सांसदहरुलाई कारबाहीबारे निर्णय हुनसक्ने बुझिएको छ ।

Advertisement