April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

भीम रावलले फिर्ता लिए सांसदबाट दिएको राजीनामा

भीम रावलले फिर्ता लिए सांसदबाट दिएको राजीनामा

साउन ८, काठमाडौं ।

Advertisement

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा पत्र फिर्ता लिएका छन् । उनले शुक्रबार बिहान सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् ।

Advertisement

साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि रावलले संसदबाट राजीनामा दिएका थिए। २०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै राजीनामा दिएका थिए। तर, राजीनामा फिर्ता लिन एमालेका दुबै पक्षले रावललाई आग्रह गर्दै आएका थिए । एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय समिति बैठकमै रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए भने माधव नेपालले  पनि आग्रह गर्दै आएका थिए।

राजीनामा फिर्ता लिन रावलसँगै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री प्रकाश शाह, नेता भानुभक्त जोशी, सुदूरपश्चिम प्रदेशका अन्य सांसदहरु उपस्थित थिए। बिहीबारनै राजीनामा अघि नबढाउन भनेपनि एकता प्रक्रिया सुरु नभइ राजीनामा फिर्ता नलिने अडानमा रावल थिए। तर, उनी निकट नेताहरुले आफूपनि एकताकै पक्षमा भएको र राजीनामा दिनै परे सामूहिक रुपमा दिने भन्दै राजीनामा फिर्ताका लागि दबाब दिएका थिए।