September 23, 2023, Saturday
६ आश्विन २०८०, शनिबार

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

साउन १४, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा  भेटवार्ता भएको हो । उक्त भेटवार्तामा  अध्यक्ष प्रचण्डले सम्भावित मन्त्रीहरुबारे देउवासँग छलफल गरेको माअ‍ोवादी केन्द्रका एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनसँग चाँडै मन्त्रीको नाम उपलब्ध गराउन आग्रह गरिसकेका छन् । मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको भन्दै प्रधानमन्त्री देउवाले चाँडै नाम उपलब्ध गराउन आग्रह गरेका हुन् । माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले आजै मन्त्रीको नाम दिए भोली मन्त्रीको शपथ गराउन देउवाको तयारी छ । देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएपनि गठबन्धनबाट मन्त्रीको नाम उपलब्ध गराउन नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन् ।बुधबार बसेकाे सत्तारुढ गठबन्धनकाे बैठकले चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेकाे थियाे।

Advertisement