नेकपामा सहमति हुन नसक्दा संसद् बैठक माघ ६ गतेसम्मका लागि स्थगित
काठमाडौं, २७ पुस
सभामुख कसलाई बनाउने भन्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सहमति हुन नसकेका कारण प्रतिनिधिसभा बैठक पुनः स्थगित भएको छ । संसद बैठक आउँदो माघ ६ गतेसम्मका लागि स्थगित गरिएको हो ।
शनिबार नेकपाको सचिवमलय बैठकले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न आग्रह गर्ने निर्णय गरेको थियो । तर, उनले सो आग्रह अस्वीकार गरेपछि बैंठक पुनः स्थगित भएको हो ।
नेकपा शीर्ष नेताबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सहमतिको प्रयास भए पनि सो प्रयास निष्कर्षमा पुग्न सकेन । छलफलमा उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि सहभागी थिइन् । तुम्बाहाम्फेले सचिवालयको निर्णयलाई चुनौती दिँदै आफूलाई पार्टीले निर्देशन दिन नमिल्ने बताउँदै आएकी छिन् । उनको यो निणर्यले नै नेकपा यतिखेर अफ्टेरोमा परेको छ । उनलाई भित्री रुपमा राष्ट्रपतिको समर्थन रहेको छ ।
प्रतिकृया दिनुहोस्