April 30, 2025, Wednesday
[nepali_today_date]

प्रधानमन्त्रि केपि शर्मा ओली र प्रतिपक्ष दल नेपाली काँग्रेसका शीर्ष नेताबीच छलफल

प्रधानमन्त्रि केपि शर्मा ओली र प्रतिपक्ष दल नेपाली काँग्रेसका शीर्ष नेताबीच छलफल


माघ ३ , काठमाडौँ ।
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका शीर्ष नेताहरुसंग छलफल गरेका छन् ।
उक्त छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरू रमेश लेखक, मिनेन्द्र रिजाल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र नेकपा नेता खिमलाल देवकोटा लगायत रहेका छन् ।
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गत चैतदेखि पदाधिकारी बिहीन छन् । सरकारले गत चैतमा पूर्व प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय सिफारिस समिति गठन गरेको थियो । राजनीतिक तहमा सहमति हुन नसक्दा समितिले नाम सिफारिस गर्न सकेको छैन । यसअघि प्रचण्ड र देउवाबीच यस विषयमा छलफल भएको थियो ।

Advertisement