January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

काँग्रेस नेता गम्भीरजङ्ग कार्कीको निधन

काँग्रेस नेता गम्भीरजङ्ग कार्कीको निधन


माघ १२, काठमाडौं ।
नेपाली काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट पीडित कार्कीको आइतवार विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । मिर्गौलाका रोगी कार्कीले ग्राण्डीमा डायलायसिस गराउँदै आएका थिए ।

पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मिएका कार्की २०४८ मा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । कार्कीले वि.सं. २०५१ देखि २०५६ सम्म काँग्रेस पाल्पाको जिल्ला सभापति भएका थिए ।

Advertisement