January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

वामदेव गौतम बने नेकपाका उपाध्यक्ष

१९ माघ ,२०७६, काठमाडौँ
नेकपाका सचिवालय सदस्य वामदेव गौतम अब वैधानिक रुपमा पार्टीका उपाध्यक्ष बनेका छन् ।
आइतबार केन्द्रीय कमिटी बैठकले महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन र सांगाठानिक प्रतिवेदन पारित गरेपछि गौतम उपाध्यक्ष बनेका हुन् ।
गौतमलाई गत असोजमै उपाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालय बैठकले गरेको थियो । स्थायी समितिबाट उक्त प्रस्ताव पारित गर्दै केन्द्रीय समितिमा लगेर गौतमलाई उपाध्यक्ष बनाइएको हो ।

Advertisement