December 2, 2024, Monday
१७ मंसिर २०८१, सोमबार

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनद्वारा राजीनामा

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनद्वारा राजीनामा

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिएका छन् । आफ्नो मन्त्रिपरिषद्का करिब आधा दर्जन सदस्यहरु तथा ५९ जना सांसदहरुले राजिनामा दिएपछि दबाबमा परेका प्रधानमन्त्री जोन्सनले बिहान संसदीय दलको नेताबाट राजीनामा दिएका हुन् । यस लगत्तै उनले डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् । सन् २०१९ मा सम्पन्न आमनिर्वाचनमा स्पष्ट बहुमत ल्याएका जोन्सन आफ्नै पार्टीभित्र सन्तुलन मिलाउन नसक्दा करिब दुई वर्ष अघि नै पदबाट बाहिरिन बाध्य भएका हुन् ।
यद्यपी पार्टीमा नयाँ नेता निर्वाचित नभइन्जेल जोनसन नै पदमा रहिरहने छन् । सम्भवत एक साता भित्र नयाँ नेता चुनिने प्रक्रिया सुरु हुने सम्भावना रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement