December 2, 2024, Monday
१७ मंसिर २०८१, सोमबार

भारतमा रहेका दाहाल र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता

भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ ।
नयाँ दिल्लीमा रहेको भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा भएको भेटमा दुई पार्टीको सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल भएको थियो । माओवादी केन्द्रका अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले उनीहरुबीच भेटवार्ता भएको जानकारी दिए ।
भेटवार्तामा भारतीय विदेशमन्त्री एस जयशङ्करको पनि उपस्थित थियो । अध्यक्ष दाहालले हिजो शनिवार पनि भारतीय विदेशीमन्त्री जयशङ्कर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरेका थिए ।
यस्तै भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवाले अध्यक्ष रहेको ’फाउन्डेन फर पब्लिक अवारनेस एन्ड पोलिसी’ ले आयोजना गरेको ‘भारत–नेपाल सम्बन्ध’ विषयक कार्यक्रमलाई अध्यक्ष दाहालले सम्बोधन गरेका थिए ।
दाहाल उनै नाड्डाको निमन्त्रणामा भारत भ्रमणमा गएका हुन् । शुक्रबार नयाँ दिल्ली ओर्लिएका प्रचण्डले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्दे छन् । मोदीसँगको भेटवार्तापछि प्रचण्ड आजै काठमाडौं फर्कनेछन् ।

Advertisement