आज ७० औँ प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदै
फागुन ०७, काठमाडौँ ।
एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै अहिले हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल पाएका छौँ ।
प्रजातन्त्र दिवस मूल समारोह समितिले बुधवार ८ बजे सैनिक मञ्च टुँडिखेलमा औपचारिक समारोहको आयोजना गर्दैछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुखलगायतको उपस्थिति रहनेछ ।
मुलकमा राजनीतिक परिवर्तनको ऐतिहासिक दिन मानिन्छ प्रजातन्त्र दिवस । विसं २०४६ र ६२ । २०६३ सालमा भएका आन्दोलनका तुलनामा २००७ सालको क्रान्तिलाई मुलुकको युगान्तकारी राजनीतिक घटनाका रूपमा लिइन्छ । जनतालाई जहानियाँ शासनबाट मुक्त गर्ने महत्वपूर्ण सङ्घर्षमा होमिएका ज्यूंँदा शहीदहरू अझै पनि हाम्रो समाजमा प्रशस्त छन् ।
प्रतिकृया दिनुहोस्