April 30, 2025, Wednesday
[nepali_today_date]

कांग्रेस, समाजवादी र राजपाको नयाँ मोर्चाः एक ठाउँमा उभिएर सरकारलाई दवाव दिने

फागुन १८, काठमाडौं ।
विपक्षी दलहरु मोर्चा बनाउने कसरतमा जुटेका छन् । प्रमुख विपक्षी दल कांग्रेससहित राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नयाँ मोर्चाको कसरतमा जुटेका हुन् । सरकार आफ्नै पाटीभित्र विभादमा रहेको समय प्रतिपक्ष दलहरु सरकारको खबरदारीको लागि नयाँ मोर्चामा जुटेका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुलाई कार्यगत एकताका लागि प्रस्ताव गरेसँगै नयाँ समिकरण शुरु भएको हो । संघीय संसदको प्रतिनिधि सभामा सत्तारुढ दल नेकपाका १७४ जना सांसद छन् ।
सरकारले पछिल्लो अवस्थामा समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरेसँगै दुईतिहाई बहुमत गुमाएको छ । काँग्रेसका ६३, राजपाका र समाजवादीका १७÷१७ गरी जम्मा प्रतिनिधि सभामा ९७ जना प्रतिपक्षी सांसद छन् । नेमकिपा र राप्रपाको ११ सिट छ । सरकारका पछिल्ला गतिविधिले प्रतिपक्षी दलहरुलाई प्रमुख मुद्दामा एक ठाउँमा उभिने वातावरण बन्दै गएको छ । रचनात्मक खबरदारीका लागि विपक्षी दलहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको भन्दै एक ठाउँमा उभिने कसरत शुरु भएको हो ।

Advertisement