सामान्य हिडडुल गर्न थाले प्रधानमन्त्री केपी ओली
फागुन २५, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । गत बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले सामान्य हिंड्डुल गर्न र सामान्य खाना खान थालेको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. प्रेमकृष्ण खड्गाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री ओलीलाई निरन्तर फिजियोथेरापी गराइएको छ । प्रधानमन्त्रीको स्वास्थ्यबारे गरिएका महत्वपूर्ण परीक्षणको रिपोर्ट सामान्य रहेको अस्पतालले जनाएको छ ।
यसरी नै सुधार हुँदै जाने हो भने दुई तीन दिनमा नै ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिने अस्पतालले जनाएको छ । बालुवाटारमा भेटघाटको क्रम तीब्र हुने भएकाले संक्रमणको जोखिम रहेको भन्दै अझै केही दिन अस्पताल राख्ने बारे पनि झलफल भएको छ । यसो भएमा ओली दुई चार दिन समय थप गरेर अस्पतालमा नै बस्ने सम्भावना पनि बढेर गएको छ ।
प्रतिकृया दिनुहोस्