विप्लव समूहले पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम प्रहार गर्नुको कारण बतायो यस्तो
२८ फागुन,काठमाण्डौ ।
पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको निर्माणाधीन घरमा आफूले बम विस्फोट गराएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले दाबि गरेको छ ।
बाँस्कोटाको घरमा आज (बुधबार) बिहानै भएको शक्तिशाली बम विस्फोटको जिम्मा विप्लव समूहले लिएको हो ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा ७० करोड घूसमा मोलमोलाई गरेकोलगायत विभिन्न १० आरोप लगाउँदै विप्लव नेकपाले बास्कोटाको घरमा विस्फोट गराएको बताएको छ।
बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन मागेको अडियो बाहिरिएपछि फागुन ८ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका थिए ।
बास्कोटानिवासमा आक्रमण हुने अनुमान प्रहरीले पहिल्यै गरेको थियो । त्यसैले अडियो काण्डपछि प्रहरीले बास्कोटा निवाससँगै वरिपरि सुरक्षा सतर्कता बढाएको थियो । तथापि, बुधबार बिहान विस्फोटको घटना भएको छ ।
प्रतिकृया दिनुहोस्