January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

घुस काण्डमा श्रीमतीको नाम जोडिएपछि पर्यटनमन्त्री योगेशले खोले मुख

२९ फागुन, काठमाडौं ।
पर्यटनमन्त्री योगेश भट्टराईकी श्रीमती विन्दा घिमिरेको नाम तीन लाख घुस प्रकरणमा मुछिएको समाचार केही मिडियामा आइरहेका छन् । यसरी श्रीमतीको नाम तीन लाख घुस प्रकरणमा मुछिएपछि पर्यटनमन्त्री योगेश भट्टराईले मुख खोेलेका छन् ।
नर्सिङ काउन्सिलमा नाम निकालिदिने भन्दै घुस बार्गे्निङ भएको विषयमा विन्दाको नाम मुछिएको हो । तर, घुसको कुरा पर्यटनमन्त्री भट्टराईकी श्रीमती घिमिरेले भने गरेकी हैनन् ।
नेपाली कांग्रेसको कोटामा चुनाव लडेर काउन्सिलको सदस्यमा विजयी भएकी काउन्सिलकी सदस्य जिता बरालले काउन्सिलमा नाम निकालिदिने भन्दै भट्टराई पत्नी विन्दा घिमिरेको नाम जोडेकी थिइन्। घिमिरे नर्सिङ काउन्सिलकी रजिस्ट्रार हुन् ।
बरालले एक नर्सलाई नाम निकालिदिने भन्दै तीन लाख रुपैयाँ घुस मागेको च्याट सामाजिक सञ्जालमार्फत बाहिरिएको थियो ।
उक्त च्याटअनुसार नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भन्दै जिताले एक स्टाफ नर्ससँग तीन लाख रुपैयाँ माग गरेकी छन् । जसमध्ये दुई लाख ५० हजार रुपैयाँ विद्यार्थीले पठाइसकेकी छन् । बाँकी ५० हजार रुपैयाँ परीक्षाफल प्रकाशित भएपछि उठाइदिने दुवै पक्षबीच सहमति भएको देखिन्छ ।
भट्टराई पत्नी घिमिरेले नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भन्दै ३ लाख घुस माग गरेको खबर सार्वजनिक भएपछि भट्टराईले यही विषयलाई जोडेर समाचार आएपछि मन्त्री भट्टराईले आपत्ति जनाएका हुन् । उनले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै गल्ती गरिएको छैन र गरिने पनि छैन । सम्बन्धित निकायले आफ्नो धारणा सार्वजनिक गर्नेछ । षड्यन्त्र र खुराफातप्रति हामी सचेत छौ । कोही पनि भ्रममा नपर्नु होला, चिन्ता नलिनुहोला ।’

पर्यटनमन्त्री भट्टराईकी पत्नी विन्दा घिमिरेले नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भन्दै फेसबुक म्यासेन्जरमार्फत् गरिएको च्याट स्क्रिनशर्ट बाहिरिएसँगै अहिले नेकपाका नेताहरुले पर्यटनमन्त्रीकाे चर्काे विराेध गरिरहेका छन् ।

Advertisement