January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

अध्यागमन विभागले गर्यो यस्तो निर्णयः नेपाल प्रवेश गर्न अब स्वास्थ्य जाँच अनिवार्य

अध्यागमन विभागले गर्यो यस्तो निर्णयः नेपाल प्रवेश गर्न अब स्वास्थ्य जाँच अनिवार्य

३० फागुन, काठमाण्डौ ।
विश्वव्यापी रुपमा जरा गाडेर बसेको कोरोना भाइरसको संभावित संक्रमणबाट बच्न अध्यागमन विभागले विदेशबाट नेपालमा नआई नहुनेहरुले आफ्नो स्वास्थ्य जाँच गरेर मात्रै आउन अनिवार्य गरेको छ । त्यस्तै, विदेशबाट नेपाल आउने गैरआवाशीय नेपालीले भने कम्तीमा ७ दिनअघि नै स्वास्थ्य जाँच गरेर मात्रै नेपाल आउन पाउने भएका छन् ।
अध्यागमन विभागले आज एक सूचना जारी गर्दै नेपाल भ्रमणका क्रममा नेपाल भ्रमण गर्न चाहनेले स्वास्थ्य जाँच गर्नुपर्ने भनेको हो ।
त्यसैगरी, आजैदेखि लागु हुनेगरी आगमन भिषामा पनि प्रतिबन्ध लगाएको छ ।
अध्यागमन विभागले आज जारी गरीएको सूचनामा नेपाल भ्रमणका क्रममा विमानस्थलमै प्राप्त गरिने अनअराइभल भिसा सबै विदेशी नागरिकका लागि रद्द गरिएको जनाएको हो ।
अप्रिल ३० सम्मका लागि उक्त नियम लागु हुने विभागले जारी गरेको सुचनामा उल्लेख छ ।
अध्यागमन विभागले नेपाल प्रवेश गर्ने विदेशीका लागि सबै स्थलमार्ग (नाका)हरु बन्द गरिएको पनि जनाएको छ ।
अब विदेशी नागरिकहरुले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट मात्रै प्रवेश गर्ने अनुमति पाउनेछन् ।

बिहीबार विश्व स्वास्थ्य संगठनले हालै विश्वभर फैलिएको कोरोना भाईरसलाई महामारीको संज्ञा दिएपछि विभागले उक्त निर्णय गरेको हो ।

Advertisement