प्रदेश २ मा राजधानी र नामकरणका लागि आज मतदान हुँदै
४ चैत्र, काठमाडौँ ।
प्रदेश २ को नामकरण र स्थायी राजधानीका लागि प्रदेशसभामा आज मतदान हुने भएको छ । स्थायी राजधानी र नामकरण तय गर्न प्रदेशसभा बैठकमा गोप्य मतदान हुन लागेको हो।
प्रदेशसभामा नामाकरणसम्बन्धी तीन वटा प्रस्ताव दर्ता भएका छन् । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम मधेश राख्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् । यस्तै नेकपाले प्रदेशकाे नाम जानकी राख्नुपर्ने प्रस्ताव गरेको छ भने काङ्ग्रेसले मिथिला राख्नुपर्ने प्रस्ताव दर्ता गराएकाे छ ।
प्रदेशकाे राजधानी भने जनकपुरधामलाई बनाउनुपर्नेमा सबै दलको सहमति छ । यद्यपि वीरगञ्ज आसपासका केही सांसदले वीरगञ्जलाई राजधानी बनाउनुपर्ने प्रस्ताव दर्ता गराएका छन् । नाम र राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक भए पनि यो कुनै दलसँग छैन ।
पहिलो चरणको मतदानमा दुइतिहाई नपुगे दोस्रो चरणमा मतदान हुनेछ । प्रदेश सभाको बैठक लम्बिने भएकाले सांसदका लागि दिवा खानाको व्यवस्था सचिवालयले गरेको छ ।
प्रतिकृया दिनुहोस्