January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

प्रधानमन्त्रीकाे मिर्गाैला प्रत्याराेपणपछि पहिलाे पटक सचिवालय बैठक बस्दै, यी छन् बैठकको एजेन्डा ?

०५ चैत्र, काठमाण्डौ

Advertisement

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बोलाइएको छ । दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ । मंगलबार प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक डाकेका हुन् ।

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागि हुने भएका छन्।  फागुन २१ गते मिगौलाको प्रत्यारोपण गराएका  प्रधानमन्त्री ओली १२ दिनको अस्पताल बसाइपछि डिस्चार्च भएर विभिन्न कार्यक्रममा सहभागि भइसकेका छन्। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले दिएको जानकारी अनुसार, आज हुने बैठकमा कोरोनाविरुद्ध लड्न जनचेतना जगाउनका लागि कार्यकर्ता परिचालन गर्ने विषयमा निर्णय गर्ने बताइएको छ । त्यस्तै, कोरोना भाइरसको संक्रमण भित्रन नदिन तथा भित्रिहाले के गर्ने भनेर सरकारले गरेको तयारीका बिषयमा समेत बैठकमा छलफल हुनेछ ।