April 21, 2025, Monday
[nepali_today_date]

जनकपुरमा दोस्रो गढिमाईको झझल्को एकै मन्दिरमा साडे चौधहजार प्राणीको भोग

जनकपुरमा दोस्रो गढिमाईको झझल्को   एकै मन्दिरमा साडे चौधहजार प्राणीको भोग

जनकपुर समाचारदाता, जनकपुरको ऐतिहासिक तथा प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा यस बर्ष बलिप्रदान घटेको छ । गत वर्षको तुलनामा ३६४ कम बलि चढेको हो । पूजा आयोजक महावीर युवा कमिटीका अध्यक्ष संतोष साहका अनुसार यसबर्ष १४ हजार ६३३ बोकाको मात्र बलि प्रदान गरिएको छ । गत वर्ष भने १४ हजार ९९७ बोकको बली प्रदान गरिएको थियो ।

राजदेवी मन्दिरमा आइतबार राति ८ बजेबाट सुरु भएको बलिप्रदान सोमबार बिहान सकिएको छ । यसवर्ष बलिप्रदानका लागि ४ ठेहामा २० जना परिचालन गरिएको थियो । यहाँ बलीप्रदान कार्य सकेपनि तराई मधेसका अन्य शक्तिपीठहरुमा बलिप्रदान जारी छ । जनकपुरको राममन्दिरमै रहेको राजदेवी मन्दिरलाई झकिझकाउ पारिएको छ । मन्दिरमा पूजापाठ गर्नेहरुको ठूलो भिड लागेको छ । महिला र पुरूषको अलग अलग लाइन लगाएको छ ।

Advertisement