आजबाट छठ पर्व प्रारम्भ
१४ कात्तिक, काठमाडौं । आस्थाको रुपमा रहेको महापर्व छठ आजबाट सुरु भएको छ । छठअन्तर्गत बिहीबार पहिलो दिन ‘नहाय–खाय’ विधि गर्दे छठको प्रारम्भ हुन्छ ।
व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी आजदेखि व्रत प्रारम्भ गर्ने गर्छन् । आज देखिनै बत्र बस्नेले अपवित्र मानिने दाल, तरकारी र सागपात आदि त्याग्छन । छठ पर्वमा यि बस्तुलाई अववित्र बस्तुको रुपमा लिइन्छ ।
यस पर्वमा नैवेद्यका लागि आवश्यक गहुँ र गम्हरी (धानको एक प्रकार, कालो रङको गर्भमै पाक्ने पवित्र अन्न) को प्रयोग गरिन्छ ।
चोखोपना, संयम र पूर्ण ब्रहृमचर्यसाथ छठी माताको भक्तिपूर्ण आराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुने जनविश्वास छ । छठपर्वको पूजन एवं तयारीका क्रममा छठ सामग्रीलाई जुठो गर्न नहुने र कुनै प्रकारको व्यवधान जानी वा नजानी गरिएमा अनिष्ट हुने विश्वास गरिन्छ ।
सूर्यको पूजा गरिने यो पर्वको भित्री अंशमा देवी भागवतमाको पुजा गरिन्छ । देवी भागवतमा षष्ठी देवीले पुत्रहीनलाई पुत्र प्रदान, पत्नीहीनलाई पत्नी प्रदान, धनहीनलाई धन र कर्मवानलाई उत्तम फल प्रदान गर्ने विश्वास गरिन्छ ।
प्रतिकृया दिनुहोस्