महायज्ञको तेश्रो दिनमा आइपुग्दासम्म ४ लाख ५५ हजार संकलन
०६ मंसिर, २०७६, काठमाण्डौ । हेटौंडा १८ हर्नामाडी फुर्केचौरमा रहेको गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउनको लागि मंसिर ३ गते मंगलबारबाट लगाइएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको तेश्रोदिन सम्म आइपुग्दा ४ लाख ५५ हजार रुपियाँ संकलन भएको छ ।
प्रख्यात बाचन पण्डित दिनबन्धु पोख्रेलले बाचन गरिरहनुभएको सप्ताह महायज्ञको तेश्रो दिन ४ लाख ५५ हजार रकम संकलन भएको हो । यसअघि मंसिर ३ गते उद्घघाटनका दिन २२ लाख ५० हजार र हिजो बुधबार ५ लाख संकलन भएको थियो । मंगलबार सुरु भएको महायज्ञको तिन दिनसम्ममा ३२ लाख ५ हजार संकलन भइसकेको छ ।
प्रतिकृया दिनुहोस्