April 21, 2025, Monday
[nepali_today_date]

बालाचतुर्दशी आजः दिवंगत पितृका नाममा दीपदान गर्दै शतबीज छरेर मनाइँदै

बालाचतुर्दशी आजः दिवंगत पितृका नाममा दीपदान गर्दै शतबीज छरेर मनाइँदै

०८ मंसिर, २०७६, काठमाण्डौ । दिवङ्गत पितृका नाममा दीपदान र शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि मनाइँदैछ । साँझ दीपदान गरी भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइन्छ ।
हरेक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात दीपदान अर्थात् बत्ती बाल्नका लागि लाखौँ भक्तजनहरुको घँुइचो लाग्ने गर्छ । सोही क्रममा, दिप प्रज्वलन तथा शतबीज छर्न आजकै दिन पशुपतिमा भक्तजनको ठुलो भिड हुने गर्छ ।
यसरी आएका श्रद्धालु भक्तजनको आज बिहानैदेखि पशुपतिमा भीड लागेको छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लागेको हो ।
पशुपति क्षेत्रको १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुहृयेश्वरी, मृगस्थली, विश्वरूप, किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

Advertisement