April 30, 2025, Wednesday
[nepali_today_date]

अयोध्याबाट हिँडेका जन्ती जनकपुर आइपुगे

अयोध्याबाट हिँडेका जन्ती जनकपुर आइपुगे

१२ मंसिर, २०७६, काठमाण्डौ । रामजानकी विवाह महोत्सवमा भारतको अयोध्याबाट हिँडेका जन्तीहरु बुधबार साँझ नै महोत्तरीमा प्रवेश गरीसकेका छन् ।उनिहरु मंसिर ५ गते अयोध्याबाट हिँडेका थिए ।
हरेक पाँच वर्षपछि विवाहोत्सवमा विशेष जन्ती आउने परम्परा छ । महोत्सवमा सरिक हुन जन्ती भई आएका साधुसन्तहरुलाई मिष्ठान्न परिकार खुवाउने चलन छ ।
साधुसन्तको रुपमा आएका जन्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार जनकपुरको बाह्रबिघा मैदानमा एक कार्यक्रमका बीच स्वागत गर्ने कार्यक्रम रहेको छ । भण्डारीलाई जनकपुरका स्थानीय कलाकारले जानकी लीला समेत देखाउने कार्यक्रम तय भएको छ ।
महोत्सवको सात दिवसीय कार्यक्रम मंगलबार नै सुरु भइसकेको छ ।
 ।

Advertisement