पशुपति क्षेत्रलाई मासु मदिरामुक्त क्षेत्र बनाउने
०७ माघ, २०७६, काठमाण्डौ ।
मदिराले स्वास्थ्यमा प्रतिकुल असर गर्दछ । त्यसको बाबजुद देशकै पहिचान बोकेको धार्मिकस्थल पशुतिनाथ वरपर मदिराको भट्टि थुप्रै मात्रामा देख्न सकिन्छ ।
काठमाडौँ महानगरपालिका वडा नं. ७ सिफल लगायतका क्षेत्रमा भने वडा कार्यालय र सामुदायिक प्रहरीको संयुक्त अग्रसरतामा यी पसल हटाइने भएको छ ।
पशुपति क्षेत्रलाई मासु मदिरामुक्त क्षेत्र बनाउने क्रममा पहिलो चरणमा भटट्ी पसल चहार्दै मगन्ते जीवन बिताइरहेकालाई कोषले हटाएर मानव धर्म सेवा समितिको संरक्षकत्वमा व्यवस्थित गरेको छ ।
आश्रमबाट फर्केर यही प्रवृत्ति दोहरिन थालेपछि कोषले मदिरा पसल र भटट्ी हटाउन लागेको हो ।
विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रलाई समस्त हिन्दुको गन्तव्य र सम्पदाको भावनामा ल्याउनै सकिएन भन्ने व्यापक जनगुनासो रहँदै आएको छ ।
प्रतिकृया दिनुहोस्