Banijya News

सिटिजन्स सेयर ब्रोकरले नगद लाभांश वितरण गर्ने

1
1.1K Shares

सिटिजन्स सेयर ब्रोकर लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आकर्षक नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको करसहित १५.७९ प्रतिशत दरले कुल ३ करोड १५ लाख ७८ हजार ९४७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले भदौ १३ गते बिहान ८ बजेका लागि तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा कम्पनीको प्रधान कार्यालय, कुपण्डोल ललितपुरमा आयोजना हुनेछ।

सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ।

त्यसैगरी, कम्पनीको नियमावली अनुसार सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने र प्रबन्धपत्रमा आवश्यक संशोधनसम्बन्धी प्रस्तावहरू पनि सभामा पेश गरिनेछ।

1

Scroll to Top