सोमबार सेयर बजार परिसूचक एकल अंकले बढेको छ । अघिल्लो दिन २७ अंकले घटेको बजार आज ९.१६ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २७७०.३९ विन्दुमा पुगेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.६६ अंकले बढेर ४७५.३३ विन्दुमा पुगेको हो । आज १३ उपसूचकमध्ये ११ उपसूचकको सेयर मूल्य बढेको छ भने २ वटाको घटेको छ । आज नेप्सेमा १७५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको सेयर मूल्य घटेको छ ।
परिसूचक बढे पनि आज कारोबार भने घटेको छ । अघिल्लो दिन ७ अर्ब माथिको काराबार भएको बजारमा आज ६ अर्ब माथिको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३२० कम्पनीका १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता सेयर ६७ हजार ९५९ पटक खरिद बिक्री हुँदा ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार २०९ रुपैयाँको कारोबार भएको छ ।


