Banijya News

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

1
1.0K Shares

सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रताप सुवेदीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारले उनलाई चार वर्षका लागि उक्त जिम्मेवारी प्रदान गरेको छ ।

नवनियुक्त सीईओ सुवेदीलाई बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । नियुक्तिपत्र प्रदान गर्दै अर्थमन्त्री वाग्लेले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न तथा संस्थाको हितलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् ।

सुवेदी यसअघि कृषि विकास बैंकमा महाप्रबन्धकका रूपमा कार्यरत थिए । बैंकिङ क्षेत्रमा अनुभव हासिल गरेका उनलाई सरकारले नेपालको पुँजी बजारको प्रमुख नियामकीय पूर्वाधारका रूपमा रहेको नेप्सेको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो ।

नेप्सेको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएसँगै नेपालको पुँजी बजारमा संस्थागत सुधार, प्रविधिको विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

पुँजी बजारको विकास तथा विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेप्सेले धितोपत्रको दोस्रो बजार कारोबार सञ्चालन, व्यवस्थापन र प्रविधिगत पूर्वाधारको विकास गर्दै आएको छ । पछिल्लो समय लगानीकर्ताको संख्या बढ्दै गएको अवस्थामा नेप्सेको सेवा र कारोबार प्रणालीलाई थप व्यवस्थित तथा विश्वसनीय बनाउनु चुनौतीपूर्ण मानिन्छ ।

नवनियुक्त सीईओ सुवेदीसमक्ष पुँजी बजारको आधुनिकीकरण, कारोबार प्रणालीको विश्वसनीयता, लगानीकर्ताको हित संरक्षण तथा संस्थागत सुशासन कायम गर्ने जिम्मेवारी रहनेछ ।

1

Scroll to Top