आइतवार देखि चैत २१ सम्म सेयर बजार बन्द रहने
चैत ०८, काठमाडौं ।
आगामी चैत ९ देखि २१ गतेसम्म सेयर बजार बन्द हुने भएको छ । शुक्रबार देशबासीको नाममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णयसँगै बजार पनि बन्द हुने भएको हो । सरकारले सम्बोधनमा देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गर्ने भनेको छ । यही सरकारको घोषणा अनुसार सेयरको दोश्रो बजार कारोबार समेत ठप्प हुने भएको हो ।
प्रतिकृया दिनुहोस्