सोमबार बन्द भएको सेयर बजार १७ गतेदेखि मात्र खुल्ने
चैत १०, काठमाडौं ।
धितोपत्र बोर्डको आदेशपछि नेपाल स्टक एक्सचेञ्जले सोमबार देखि ५ दिन बन्द हुने भएको छ । नेप्सेकी उपप्रबन्धक प्रवीन पन्दाकले सूचना जारी गर्दै धितोपत्र कारोबार सोमबारदेखि आगामी चैत १७ गतेसम्म बन्द हुने प्रष्ट पारेकी हुन् । उनले अर्थमन्त्रालको निर्देशन भन्दै बजार बन्दको परिपत्र गरेकी हुने ।
अर्थमन्त्री डा. युवराज खतिवडाले शेयरबजारसँग सम्बन्धित सबै सरोकारवालालाई बोलाएर आइतबार छलफल गरेका थिए । छलफलमा अर्थमन्त्रीले शेयर कारोबारको विषयमा सोधेको प्रश्नमा नेपाल धितोपत्र बोर्ड र नेप्सेले बन्द गर्ने बिषयमा एक आपसमा आरोप प्रत्यारोप गरेका थिए । आइतबारको बैठकमा बोर्डलाई स्पष्ट निर्देशन दिन अर्थ मन्त्रीले आग्रह गरेका थिए । मन्त्रीको निर्देशनपछि बोर्डले विशेष अधिकार प्रयोग गर्दै पाँच दिन शेयर कारोबार बन्द गर्ने निर्देशन दिएको हो । तर यता नेप्सेले शेयर लिक्विड एसेट भएकोले लगानीकर्तालाई अप्ठ्यारो अवस्थामा सम्पत्तिलाई तरल बनाउन दिनु पर्ने भन्दै उसले कारोबार खोलेको थियो ।
प्रतिकृया दिनुहोस्