April 30, 2025, Wednesday
[nepali_today_date]

वाणिज्यभन्दा विकाश बैंक अगाडि

विकाश बैक भन्दा वाणिज्य बैंकहरु तुलनात्मक रुपमा मजबुद हुनुपर्ने हो, तर बजारको सेयर मूल्य हेर्दा त्यो देखिदैन । समग्रमा वाणिज्य बैंक भन्दा विकास बैक अगाडि देखिएका छन् । पछिल्लो समय सेयर बजारमा वाणिज्य बैंक र विकास बैंकबीच प्रतिस्पर्धा हुँदा विकास बैंक अब्बल हुदै गएका छन् । नेप्सेमा सूचिकृत रहेका २७ वटा वाणिज्य बैंकमध्ये ६ वटाको सेयर मूल्य घटेर प्रतिकित्ता २०० रुपैयाँ भन्दा तल झरेको छ ।
सेयर बजारमा समूह परिसूचकको आधारमा पनि वाणिज्य बैंकभन्दा विकास बैंक नै अगाडि रहेका छन् । विकास बैंक झण्डै ५०० अंकले अगाडि देखिएको छ । नेप्से परिसूचक ११४५ मा हुँदा विकास बैंक समूहको परिसूचक १५५२ हुँदा वाणिज्य बैंक समूहको परिसूचक १०५३ रहेको छ । राष्ट्र बैंकद्धारा ‘ख’ वर्गको लाइसेन्स पाएका ११ वटा विकास बैंकले ‘क’ वर्गको लाइसेन्स पाएका ६ वटा वाणिज्य बैंकहरुलाई सेयर मूल्य र समूह सूचक दुबैमा उछिनेका छन् ।
नेप्सेमा हाल २७ वटा विकास बैंकहरु सूचिकृत रहेकोमा माउन्ट मकालु डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, कैलाश विकास बैंक, साहारा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, गण्डकी विकास बैंक, मुक्तिनाथ विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य २०० रुपैयाँ बढी छ । यो मूल्यसँगै विकास बैंक ६ बटा वाणिज्य बैंकलाई उछिनेका हुन् । सिभिल बैंक, सेञ्चुरी कमर्सियल बैंक, कुमारी बैंक, मेगा बैंक, सिटिजन्स बैंक र एनसीसी बैंकको सेयर मूल्य २०० भन्दा कम छ । जसमध्ये सबैभन्दा घटी सिभिल बैंकको मूल्य प्रतिकित्ता १४४ रुपैयाँ रहेको छ । त्यसपछि सेञ्चुरी कमर्शियल बैंकको १५५, कुमारीको १७९, मेगा र सिटिजन्सको १९४ र एनसीसीको प्रतिकित्ता १९९ रुपैयाँ सेयर मूल्य छ । यि बैंकलाई विकास बैंकले पछि पारेका हुन् । यसरी पछि पर्नेमा साहाराको ४६०, नारायणीको ४३५, मुक्तिनाथको ३०८, एक्सेलको २७२, शाइन रेसुङ्गाको २४४, मितेरीको २५१, कैलाशको २३८, महालक्ष्मीको २१३, गरिमाको २१२ र गण्डकीको प्रतिकित्ता २०१ रुपैयाँ सेयर मूल्य रहेको छ । बाँकी ११ वटा विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँ भन्दा बढी छ भने ६ वटा वाणिज्य बैंकको सेयर मूल्य घटेर प्रतिकित्ता २०० रुपैयाँभन्दा तल झरेको छ । बाँकी १६ वटा विकास बैंकको भने सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँभन्दा तल छन् ।

Advertisement