May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

नेप्से २५ दशमवल ३ अंकले घटेर सर्किट ब्रेकलाग्दै आजको लागि बन्द


काठमाडौँ ।
लकडाउनका कारण ५० दिन बन्द भएको सेयरबजार परिसूचक नेप्से खुलेको डेढ घण्टा हुन नपाउँदै २५ अंकले घटेर सर्किट लाग्दै बन्द भएको छ । नेप्से परिसूचक २५.३० अंकले घट्दा १२२६.१५ अंकमा पुगेर कारोबार बन्द भएको हो । । नेप्से आधा घण्टामा नै १६ अंकले घटेको थियो ।

मंगलबार ८७ कम्पनीको १ लाख ६ हजार ३ सय १२ कित्ता सेयर २ सय ९१ पटकको किनबेचबाट १० करोड ४३ लाख ७२ हजार ६ सय ४६ रुपैँयाको कारोबार भएको छ । आज ११ बजेबाट संचालनमा आएको कारोबार खुलेको समयबाटै ओरालो लागेको थियो । सेयरबजार २ घण्टा मात्र खोल्ने प्रावधान अनुसार आज बाट कारोबार खुला गरिएको हो । अधिकांस समूहका सेयर कारोबार भएका छन् । जीवन बीमा र बैंकिङ सूचक धेरै घटेका छन् । अन्य उपसूचकहरु पनि रातो देखिएका छन् ।

Advertisement