April 21, 2025, Monday
[nepali_today_date]

भारतमा मन्दीसँगै नेपाली बजारमा लगानीकर्ताको आकर्षण

भारतमा मन्दीसँगै नेपाली बजारमा लगानीकर्ताको आकर्षण

विहिवार ०७ कार्तिक २०७६ काठमाडौं – भारतमा बजार घट्ने आँकलन गर्दै उनीहरुले विस्तारै शेयर खरिद नेपालतीर गर्न थालेका छन् । भारत र नेपाल दुबैतर्फ शेयर शेयर कारोबार गर्नेहरु पूर्ण रुपमा नेपाली बजारमा केन्द्रित भएका छन् । पछिल्लो समय भारतमा आर्थिक मन्दीले ठूलो प्रभाव पारिरहेको छ ।
शेयर बजार लगातार ओरालो झर्दै गर्दा विगत एक महिनाको अवधिमा केही संस्थागत लगानीकर्ताले ठूलो मात्रामा शेयर खरिद गरिरहेका छन् ।

Investors throng a share market agency on Wednesday, March 29, 2017. The share market in Nepal witnessed an anamolous growth on Tuesday.


विगतका महिना देखिनै नेपाली बजारमा भारतीय मुलका ब्याक्तीको सकृयता बढेको छ । एक महिना अगाडि देखिनै उनीहरुको सक्रिएता बढेको एक ब्रोकरले बताए । केही मात्रामा उनीहरुले शेयर खरिद गरे पनि अधिकांश शेयर संस्थागत लगानीकर्ताहरुले नै खरिद गरिरहेका हुन् । नेपालको शेयर बजार धेरै तल झरेको मौका छोपेर उनीहरुले विस्तारै विस्तारै आफ्नो हिस्सा बढाउन थालेका हुन् । दोस्रो बजारको मूल्यमै शेयर खरिद गर्दा पनि कम्पनीहरुको लाभांशले जित्ने भएकोले पैसा हुने संस्थागत लगानीकर्ताहरुले खरिद गरिरहेका हुन् ।
राम्रो कम्पनी छानेर शेयर खरिद गर्दा राम्रो लाभांश पाउन सक्ने अवस्था छ । तल्लो तहमा रहेको बजार अलिकति मात्रै सुधार भएमा पूँजीगत लाभ लिन सकिने भएकाले संस्थागत लगानीकर्ता आकर्षित भएका हुन् ।
वैशाख यता नेपाल धितोपत्र बोर्डबाट ६ वटा म्युचुअल फण्डले ६ अर्ब ५५ करोड रुपैयाँको आकारको म्युचुअल फण्ड निष्कासन गर्ने अनुमति पाएका छन् । अनुमति पाएका अधिकांश फण्डले सार्वजनिक निष्काशन गरेर दोस्रो बजारमा लगानी सुरु गरिसकेका छन् । ब्रोकरहरुका अनुसार नयाँ आएका म्युचुअल फण्डले विस्तारै शेयर खरिद गरिरहेका छन् ।


गत साउनमा शेयर बजार सुधार हुने अपेक्षा गरिएको थियो । तर बजार सुधार हुन सकेको थिएन । दशै अगाडि एका एक शेयर बजारमा सुधार भयो । तर यसले निरन्तरता पाउन सकेन । कतिपय लगानीकर्ताले दशै खर्चका लागि शेयर बिक्री गर्न खोज्ने हुँदा बजार सुधार हुने भन्दा पनि घट्ने विश्लेषण गरे त्यो पनि एक हद सम्म ठिकै हो । यतिखेर जे सुकै बहाना भएपनि बजारमा प्रबेश गर्नेको संख्या बढदो छ ।
आम लगानीकर्तामा बजार बढ्छ भने मनोविज्ञान हाबी भए पनि कन्फिडेन्स नहुँदा बजारले गति लिन सकेको छैन । बजारलाई असर गर्ने कुनै पनि नकारात्मक पक्ष नहुँदा पनि बजार सुधार हुन सकेको छैन ।

Advertisement